बेलायतमा कोरोनाको नयाँ लहरसँगै फेरी लकडाउन

एजेन्सी। कोरोना भाइरसको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरी लकडाउनको घोषणा गरिएको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन्। आउँदो फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन गरिने बताइएको छ।

लकडाउन अवधिभर अति आवश्यक नपरी घरबाट बाहिर निस्कन पाइने छैन। देशवासीको नाममा सम्बोधन गर्दै जोनसोनले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताए।

दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अतिआवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने छ।

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडान स्थगित गरिसकेका छन्। बेलायतसहित अरु थुप्रै देशमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालेको छ।

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोरोना भाइरसबाट एकै दिन १ हजार ८२० जनाको मृत्यु

नयाँ भाइरस फेला परेपछि त्रास बढेको छ।