काठमाडौं। देशभर आज पनि मौसममा बद्ली भएको छ। हिमाली र उच्च पहाडी जिल्लामा आज पनि वर्षासँगै हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। वाग्मती प्रदेशका पनि केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ।
पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ। यो प्रणालीको प्रभाव बुधबारदेखि पर्ने विभागले जनाएको छ। बुधबार वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र प्रदेश १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बुधबार मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना छ। आज काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।
अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ।