ट्रकको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु

काठमाडौं। सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको वीरेन्द्र बजारमा ट्रकको ठक्करबाट सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डलको मृत्यु भएकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी बताए।

अन्य सम्बन्धित समाचार:  इन्डोनेसियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो