मौसम प्रभावित हुँदा तराईका उडान अवरुद्ध

काठमाडौं। मौसममा आएको बदलीसँगै तराईका केही उडानहरु प्रभावित भएका छन्। मौसमका कारण विराटनगर, भैरहवा र जनकपुर विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा उडानको अवस्था सामान्य रहेको प्रवक्ता कर्णले बताए। मौसममा बदली भएपनि विमानस्थलमा भने असर गरेको छैन, उडान सामान्य नै भएको उनले बताए।

उनका अनुसार, अन्य पहाडी भेगमा रहेका विमानस्थलहरूमा पनि उडानलाई मौसमले प्रभावित पारेको छैन।

अन्य सम्बन्धित समाचार:  संसद् विघटन तत्काल बदर गरियोस्: अधिवक्ता भट्ट