काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कञ्चनपुरमा सोमबार नेपालीमाथि गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत अध्यक्ष थापाले नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्। “कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepalको ध्यान आकर्षित गर्दछु” थापाले लेखेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु
— Kamal Thapa (@KTnepal) January 5, 2021