काठमाडौँ र चितवन प्रदेश उपाधिका लागि भिड्दै

काठमाडौँ। काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वागमती प्रदेश स्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन्।

समूुह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सात विकेटले पराजित गरेपछि समुह ‘ए’ को शिर्ष स्थानमा रहँदै उपाभि भिड्न्त पक्का गरेको हो। चितवन यसअघि नै समूह ‘बी’ को शीर्ष स्थान कायम गर्दै उपाधिको दाबेदार बनेको हो।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै निर्धारित ४० ओभरको खेलमा मकवानपुरले ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्र बनायो। चौहत्तर रनको विजय लक्ष्य काठमाडौँले २० दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो। काठमाडौँका लागि इशान पाण्डेले अविजित रहँदै ३२ तथा जितेन्द्रसिंह ठकुरीले १४ रन बनाए।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा शुक्रबार एक लाख मान्छे उतार्ने प्रचण्ड-नेपाल नेतृत्वको तयारी

यसअघि ब्याटिङ गर्ने क्रममा मकवानपुरका लागि गौरव खड्काले १५ तथा युविन बुढाथोकीले १० रन बनाए। बलिङतर्फ काठमाडौंका लागि आरियो पौडेलले पाँच तथा सञ्जम रेग्मीले दुई विकेट लिए। पौडेलले ७ दशमलव एक ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चेर ५ विकेट लिए।

यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा भक्तपुरले नुवाकोटलाई ८ विकेटले हरायो। टस जितेर ब्याटिङ गर्दै नुवाकोटले ३८ ओभरमा सवै विकेट गुमाउँदै १३५ रन बनायो। नुवाकोटका लागि कप्तान राजेश रिमालले ३६, प्रदीप परियारले १६, आयुश बस्नेतले २१, अभिराज यादवले १४ तथा पवन राईले रन बनाए। बलिङतर्फ भक्तपुरका लागि कृष कार्की, सुवास खत्री र सुसान श्रेष्ठले दुई दुई विकेट लिए।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको १० लाख खोप काठमाडौं आइपुग्दै

एक सय ३६ रनको विजयी लक्ष्य भक्तपुरले ३२ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। भक्तपुरका लागि नविन यादव र अदित सुवेदीले साठी साठी रन बनाए। बलिङतर्फ नुवाकोटका लागि सकर रावत र अभिराज यादवले एक एक विकेट लिए।