सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् कतिमा भईरहेको छ कारोबार!

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो।

मङ्गलवार बजारमा छापावाल सुनको मूल्य ९६ हजार ४ सय र तेजावी सुनको मूल्य ९५ हजार ९ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। सोमवार छापावाल सुन प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ। चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो?