कोरोना संक्रमणबाट धरानमा एक युवकको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट सुनसरीको धरानमा एक युवकको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवकको मंगलबार बिहान मृत्यु भएको हो।

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

उनमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  नेपालमा आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू