मोटरसाइकलको ठक्करबाट सर्लाहीमा पैदल यात्रीको मृत्यु

काठमाडौं। सर्लाहीमा मोटरसाइकलले ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बरहथवा नगरपालिका वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड मधुवनि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङको मृत्युु भएको हो।

बा ५८प ४५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल चालक रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका १७ वर्षीय शुसिल गिरी र पछाडि सवार बसबरिया गाउँपालिका वडा नं. ६ चोर्वाका १८ वर्षीय जयराम यादव प्रहरी नियन्त्रणमा छन्।

अन्य सम्बन्धित समाचार:  सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ