अव्यवस्थित तार र पाेष्टर हटाउन चन्द्रागिरी नगरपालिकाकाे निर्देशन

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिकाले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, इन्टरनेट केबल तारहरु, ब्यानर, पोष्टरलगायत सात दिनभित्र हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा व्यानर पम्पलेट, तारहरु लगायतले नगरपालिकाको सौन्दर्यलाई असर पारेको भन्दै एक हप्ताभित्र हटाउँन सम्बन्धित सबैमा आग्रह गरेको हो।

नगरपालिको अनुमती बिना राखिएका तार तथा पोस्टरहरु सात दिनभित्र नहटाए नगरपालिका आफैँले हटाउने र हटाउँदा लाग्ने सबै खर्च सम्बन्धित संस्था या व्यक्तिबाट असुल गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  यस्तो छ आजको मौसम