काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिमेकी राष्ट्र भारतको भ्रमणमा जाने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जान लागेका हुन्।
उनी सोही दिन साँझ आयोगको बैठकमा बस्ने छन्।
भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ।