काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा विघटनविरुद्ध जसपाले राखेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै अब आशाको केन्द्र सर्वोच्च अदालत रहेको बताएका हुन्। उनले भने, ‘असंवैधानिक, अलोकतान्त्रिक काम सँच्चिनुपर्छ। अब आशाको केन्द्र सर्वोच्च अदालत हो। राष्ट्रपति थियो, आँखा चिम्लेर सही गरिदिनु भयो। यो प्रतिनिधिसभा संवैधानिक आधारविना नै विघटन गर्नुभयो। यो प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ।
आफुहरु संविधान निर्माता भएकाले अदालतमै पुगेर पनि बिघटन गर्ने विशेषाधिकार नरहेको कुरा भन्नुपरे भन्ने उनको भनाइ छ।