काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथि

काठमाडौं। काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथि पुगेको छ। याेसँगै सरकारले आवश्यक नपरी बाहिर ननिस्कन आग्रह गरेको छ। केही दिन अघि नेपालको पश्चिमी भूभाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहानै हिउँदे वर्षा भए पनि आकाश खुल्न सकेको छैन।

मंगलबार पनि घाम लागेकाे छैन। झट्ट हेर्दा  हुस्सु लागेजस्तो देखिएकाे काठमाडौंकाे वातावरण धुम्म भएको छ।  दुई दिनसम्म घाम नलागे पनि काठमाडौंकाे न्यूनतम तापक्रम भने घटेको छैन। न्यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ। तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरूले जनाएका छन्।

सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो। सोमबार एअर क्वालिटी इन्डेक्स ४८७ पुगेको थियो। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव बुधबारसम्म रहने बताएको छ। काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको खोपबारे स्वास्थ्य मन्त्रालयले दियो १६ महत्त्वपूर्ण प्रश्नको जवाफ