प्रदेश २ नेकपा संसदीय दलका नेतामा महतो चयन

काठमाडौं। प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन भएका छन्। जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोेलाई चयन गरेको हो।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन्।

प्रदेश २ मा एउटै पार्टी हुँदा नेकपासँग ३२ जना सांसद थिए। नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (प्रचण्ड–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली)सँग १३ जना सांसद छन्।

 

 

अन्य सम्बन्धित समाचार:  पाँच सय परिवारलाई लालपुर्जा वितरण