ओलीले संसद् विघटन गरेर मुलुकमा अराजक फैलाएः माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकमा अराजक फैलाएको आरोप लगाएका छन्। संसद् विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा प्रष्ट व्याख्या गरिएको विषयको हेक्का नगरिकन अराजकशैलीमा संसद् विघटन गरेको बताएका हुन्।

ओलीको अराजकशैलीको पार्टीभित्र विरोध भएको भन्दै उनले संसद विघटन गर्ने दोष अरुलाई लगाउने ओली प्रवृत्तिविरुद्ध सडकमा उत्रिन सबै दलहरुलाई आग्रह गरे। उनले प्रचण्ड र नेपाल जहाँ छ त्यहाँ नेकपा रहेको दावी गरे।

संसद पुनस्स्थापित हुनेमा आफू ढुक्क रहेको समेत उनले बताए।

अन्य सम्बन्धित समाचार:  ओलीले सबैसँग निहुँ खोज्दै गाली गर्दै हिँडेः वर्षमान पुन