देशभर ५२२ जना कोरोना संक्रमित थपिए, ५७८ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५५१ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा २३२ सहित देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन्। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।

यस्तै ५७८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.३ प्रतिशत हो।

सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्। गम्भीर कोरोना संक्रमित २०४ जनाको आइसीयूमा र ४४ भेन्टिलेटरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको १ हजार ८९३ पुगेको छ।