मदन खनाल,युएई।
सामाजिक सञ्जालमा नेपालको राजनीति तातिरहँदा देशभित्र मात्र हैन प्रवासमा बस्ने नेपालीलाई पनि चासो र चिन्ता हुने नै भयो। यसैक्रममा योगेश कमरेड नाम दिएर खाडीबाट मदन पौडेल नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्।
योगेश कमरेड!
खाडीबाट श्रमिक अभिवादन
तपाईंलाई युवाको ढुकढुकी सोचेका थियौं। एक होनहार युवानेता सोचेको थियौं। तर हामी भ्रममा रहेछौ। हुन त हामीले पनि विगतलाई नियाल्नु पर्ने रहेछ। २०५५ सालमा तपाइहरूले दिएको धोका फर्किएर हेरेनौ। तपाईंहरू सरकारमा मन्त्री रहँदा आफ्नै सरकारलाई बदनाम गराउने कामहरू गर्दा पनि संयोग होला भनेर समर्थन नै गरिरहेको थियौ।
तर अहिले तपाइले दिइरहनु भएको अभिव्यक्तिले पो हामीलाई छर्लङ्ग बनायो। तपाइहरूकाे नियतमाथि सोच्न बाध्य बनायो। तपाइको नियतमा खोट रहेछ।
योगेश कमरेड! चितवनमा गएर कमरेड बादललाई ओलीसँग सति गएको सम्म पनि भनिरहँदा तपाईँलाई हामिले सोध्न पाउने कि नपाउने ? तपाईं चाहिँ कतिमा बिक्नु भयो र माओवादीको तलुवा चाट्न पुग्नु भयो? अनि स्थानीय जनप्रतिनिधिहरूलाई पनि धम्की दिंदै हुनुहुन्छ। कुन हैसियतले?
खबरदार! सूर्य जस्तो पवित्र चिन्हमा तपाईंहरू जस्तो अवसरवादीको छाँया नपरोस्! समय बाँकी छ। बिचार गर्नुहोस् नत्र पश्चताप गर्ने समय पनि नमिल्न सक्छ।
योगेश कमरेड! सायद याद होलानी हैन? सूर्यबाट तारामा झर्दा जमानत जफत भएको? स्मरण रहोस् कमरेड, तपाइको यो कदमले तपाईंलाई नर्कको बाटो डोऱ्याउदैछ होस गर्नुहोला।
उहीँ तपाइको शुभ चिन्तक खाडीको मरुभूमिबाट
मदन पौडेल।
पौडेलको भनाइमा जीवनको हर कठिन मोडहरूमा संघर्ष गर्ने लक्ष्य बोककाे व्यक्तिकाे नाममले चिनाउने कृष्ण तमु नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिकृया दिंदै लेखेका छन्।
“केपीले, देशको लागि केही गरेको छ र? बोलेर मात्रै हुदैँन ब्यबाहारमा पनि उतार्नु पर्छ? यदि केपीकै पछि लागिरहने हो भने योगेश, रामकुमारी, ठाकुर गैह्रे जस्तो बिचार बोकेको नेताको कहिल्यै उन्नति हुँदैन।
जहाँ भ्रष्टाचारी र डन बादीले मात्रै अवसर पाइरहने छन्। गोकुल बाँस्कोटा, महेश बस्नेत, ईश्वर र विष्णु जस्तोको हालिमुहाली चलिरहन्छ,” उनले लेखेका छन्।
त्यसैगरी उक्त पोस्टमा चिरञ्जीवी केसीले लेखेका छन्। “केपीले, जिताएर पठाउने तपाइहरूकाे काम, मन्त्री बनाउने मेरो काम भनेर हौसला बढाएको बिर्सिनु भएछ”, भनेका छन्। उनको यो भनाई चुनावताका ओलीले योगेश भट्टराईकाे गृहजिल्ला ताप्लेजुङ पुगेर सदुरमुकाम फुङलिङको तोक्मेडाँडामा गरेकाे भाषण प्रति लक्षित थियाे या थिएन त्याे उनै जानुन्।
तर यता योगेशप्रति व्यंग्य गर्दै सोही पोष्टमा प्रेम नामक प्रयोगकर्ताले “यति त आफू प्रधानमन्त्री हुने हो भनेपनि खोक्दैन्थें होला प्रचण्डकाे के रहेछन् योगेश? भनेर आक्रोश व्यक्त गरेका छन्।
“यो योगेशको औकात नै केही छैन केपीको छाँया परेर मन्त्री भए, तेहि मन्त्री पद यिनलाई बादरको हातमा नरिवल जस्तै भयो अझै आफुलाइ बरिष्ठ ठन्दै छन्, आफ्नो औकात नभुल्नुस योगेश जि” भनेर जीबी लम्सालले अर्काे प्रतिकृया दिएका छन्।