राजनीतिक परिस्थितिलाई मोड्न ओली पक्षधरले जबजको कुरा उठाए -योगेश भट्टराई

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको नेकपा नेता योगेश भट्टराईकाे आराेप छ।

नेता भट्टराईले मंगलबार बानेश्वरमा पत्रकारहरुसँगकाे भेटमा कुरा गर्दै केपी शर्मा ओली पक्षधरले पूर्व एमाले तथा जनताको बहुदलीय जनवादलाई एकिकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नको निम्ति मात्रै भएको बताए।

प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाईएको उनको भनाई छ। पूर्व एमाले अथवा पूर्व माओवादी भनि एक ठाउँमा आउँदा मुलुक ०६२/०६३ को आन्दोलन अगाडीको अवस्थामा पुगि देश द्धन्दमा जाने उनले बताए।

अन्य सम्बन्धित समाचार:  जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउने बारे छलफल