चितवनमा गैँडाको आक्रमणबाट ४० वर्षीया माया तामाङकाे मृत्यु

चितवन।

गैँडाको आक्रमणबाट एक जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन्। चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो।

गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ। स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो। मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश