काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा मर्निङवाक नगर्न आग्रह गरेको छ।
अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।
मर्निङवाक र शारीरिक व्यायाम केही दिनका लागि रोक्न आग्रह गरिएको मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले बताए। मन्त्रालयले फोहोर नचलाउन तथा अत्यावश्यक नभइ सवारी साधनहरू नचलाउन समेत सबैलाई अनुरोध गरेको छ।
सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआईभन्दा माथि पुगेको थियो।