मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एकजनाको मृत्यु

काठमाडौं। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल पल्टिँदा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादवको मृत्यु भएको हो।

यादवले चलाएको बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गेष्ट हाउसका कर्मचारी काउन्टरमै मृत फेला