खानेपानी मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा

काठमाडौं। खानेपानीमन्त्री मणि थापालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कालो झण्डा देखाएको छ। बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा प्रचण्ड नेपाल समूहका विद्यार्थी संगठनले विरोधस्वरुप मन्त्री थापालाई कालो झण्डा देखाएका हुन्।

अनेरास्ववियुले मंगलवारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउन थालेको अखिल नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड नेपाल पक्षधर सडक संघर्षमा उत्रिएको छ। अखिलले पनि सडक संघर्षका कार्यक्रमस्वरुप मन्त्रीलाई कालो झण्डा देखाउन थालेको हो।

अन्य सम्बन्धित समाचार:  केपी ओली कुहिएको अण्डा हुन्: प्रचण्ड