सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बुधबार ३ सय रुपैंयाले बढेको हो।

मंगलबार ११ सय रुपैंयाले बढेर ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार बढेर ९६ हजार ७०० रुपैंयामा कारोबार भइरहेको छ। यस्तै तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैंयाले बढेर १ हजार ३ सय ४० रुपैंया कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से १७.३१ प्रतिशतले बढ्याे