जहाँ केपी ओली, नेकपा र सूर्य त्यहीँः ईश्वर पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीकै पक्षमा नेकपा र सूर्य चिह्न हुने दाबी गरेका छन्। सिन्धुली पुगेका उपप्रधानमन्त्री पोखरेलले बुधबार रातमाटामा आयोजित अगुवा कार्यकर्ता भेलामा कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य चिह्न त्यहीँ रहने ठोकुवा गरेका हुन्।

प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको भन्दै उनले वैशाखमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरे। ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्चलाई जवाफ दिइसकेकाले अदालत ‘दायाँबायाँ’ नहुने उनले बताए।

नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको पोखरेलको भनाई छ। पार्टी एकता टुट्दा सबैभन्दा घाटा दाहाललाई नै हुने भन्दै आफूले उनीसँग कुरा गरेको पनि पोखरेलले बताए।

अन्य सम्बन्धित समाचार:  नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै