कञ्चनपुरका एसपी सरुवा

इन्दु धामी, महेन्द्रनगर। कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) मुकुन्द मरासीनीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले एसपी मरासीनीको काठमाडौं  महाराजगन्ज स्थित  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो।

उनको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरो, विशेष अपराध अनुसन्धान महाशाखामा कार्यरत प्रहरी उपरीक्षक उमाप्रसाद चतुरबेदीलाई पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेपालीलाई केयर गिभरको रुपमा इजरायल जाने बाटो खुल्यो