संसद् विघटनविरुद्ध परेका मुद्दाकाे सुनुवाइ सुरु

काठमाडौं। संसद् विघटनविरुद्ध परेका रिट उपर सुनुवाई सुरु भएको छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासमा दायर १४ वटा मुद्दामा अहिले रिट निवेदन र त्यसको जवाफ पढेर सुनाइँदै छ।

इजलास अधिकृतले सबै रिट निवेदन र त्यसको जवाफ पढेर सुनाउँदै छन्। यसरी सबै रिट निवेदन पढ्ने र त्यसको जवाफ समेत पढ्दा आजका लागि वहसको समय नै उपलब्ध नहुने रिट निवेदन हाल्ने अधिवक्ताहरुको भनाई छ।

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, न्यायाधिशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ।

संसद् विघटनविरुद्धका रिटमाथि आजदेखि सुनुवाइ

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु