काठमाडौं उपत्यका अब हिलो र धुलोमुक्त हुन्छ: विद्यासुन्दर शाक्य

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका अब  हिलो र धुलोमुक्त हुने बताएका छन्।

काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौंलाई हिलो र धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका हुन्। ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने।

शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए।

समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन्।

अन्य सम्बन्धित समाचार:  उच्च अदालतमा तीनजना मुख्य न्यायाधीश नियुक्त