काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले संसद् विघटनविरुद्ध लालटिन बालेर प्रदर्शन गरेका छन्। रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ।
उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका छन्। उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइरु’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।
उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।