कैँची प्रहार गरी बालाजुमा एक युवकको हत्या, एकजना पक्राउ

काठमाडौं। कैँची प्रहार गरी काठमाडौंको बालाजु बाइपासमा एक युवकको हत्या भएको छ। मंगलबार राति कैँची प्रहारबाट भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

हत्याको आरोपमा प्रहरीले भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँलाई पक्राउ गरेको छ।

लाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  एनसेलले कोटेश्वर–कलंकी सडकखण्डमा बृक्षारोपण गर्दै