विवाहको ७ वर्षपछि डिभोर्स गर्दै नायिका किम कार्दशियन

काठमाडौं। चर्चित अमेरिकन नायिका किम कार्दशियनले तेस्रो पटक सम्बन्ध विच्छेद गर्ने भएकी छिन्। उनले यसअघि २ पटक सम्बन्ध विच्छेद गरिसकेकी छिन्।

उनले विवाहको ७ वर्षपछि पति कान्ये वेस्टसँगको सम्बन्ध टुंगाउने निर्णय लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनीहरू करिब २ महिना अगाडिदेखि अलग अलग बस्दै आएको बताइएको छ। किम हलिउडकी एक चर्चित सेलिब्रिटी टिभी स्टार समेत हुन्। उनले केही शोहरूमा काम समेत गरिसकेकी छिन्।

उनी ४ सन्तानकी आमा भएको समेत बताइएको छ। किमले सन् २००० मा डेमन थोमससँग पहिलो पटक विवाह गरेकी थिइन्। त्यो सम्बन्ध मुश्किलले ४ वर्ष टिकेको बताइएको छ।

त्यसपछि उनले बास्केटबल प्लेयर क्रिस हेम्पशायरसँग विवाह गरिन्। विवाहको ७२दिनपछि उनले डिभोर्स दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  बिन्दवासिनी म्युजिककी अध्यक्ष धरौटीमा रिहा

यस पछि उनले कान्ये वेस्टसँग विवाह गरेकी हुन्। विवाहको ७ वर्षपछि यो सम्बन्ध पनि टुंगिन लागेको बताइएको छ।