न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने

न्यायाधीश

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि बहस गर्न सर्वाेच्च अदालतले गठन गरेको ‘संवैधानिक इजलास’ मा न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने जानकारी गराएका छन्।

बुधबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले उनीमाथि नैतिकताको प्रश्न उठाएपछि कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेका हुन्।

‘हरिकृष्ण श्रीमान प्रधानमन्त्री केपी ओलीका ‘महान्याधिवक्त्ता’ हुनुहुन्छ अनि अहिलेका महान्याधिवक्त्ता उहाँका ल फर्मका पार्टनर हुनुहुन्छ,’ बहसमा वरिष्ठ अधिवक्त्ता थापाले भनेका थिए, ‘उहाँ यो इजलासमा बस्न मिल्छ कि मिल्दैन पुनर्विचार गरियाेस्।’

त्यसपछि केहीबेरका लागि संवैधानिक इजलासका न्यायाधीशले आपसमा सल्लाह गरेका थिए र न्यायाधीश कार्कीले आफू याे इजलासमा नबस्ने जानकारी गराएका थिए।

संवैधानिक इजलासलाई नै निरन्तरता दिने गरी अर्काे पेसी आगामी बुधबारका लागि तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तान: बन्दुकधारीद्वारा दुई न्यायाधीशको गोली हानी हत्या