सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

सुदूरपश्चिम

भावना पाैडेल, डडेलधुरा। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले राजीनामा दिएका छन्। राजनीतिक परिस्थितिले काम गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिएका हुन्।

नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन्। बुधबार ओली समूहका ७ प्रदेशसभा सदस्यसहित पत्रकार सम्मेलन गर्दै बोहोराले दृढ इच्छाशक्ति र प्रयत्नका बाबजुद काम गर्न कठिनाई भएकाले मन्त्रीमा बस्न जनमतको अपमान हुने भन्दै राजीनामा दिएको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट