काठमाडौं। नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर उक्त संख्यामा संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ।
यस्तै थप ४९५ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।
हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित छन् जसमध्ये ३ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको मन्त्रालयले जनाएको छ।