धनगढी। नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा नेता भीम रावललाई रकम हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ।
नेता रावलले ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरिएको हो। बुधबार बसेको प्रदेश कमिटी बैठकले रावलले पार्टीको खाताबाट ३० लाख रुपैयाँ झिकेकाले कारवाही गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत नेता रावलले ३० लाख हिनामिना गरेको विषयमा व्यङ्ग्य गर्दै पिएचडीलाई कारबाही गर्न सिफारिस गरेको उल्लेख गरेका छन्।
बैठकले पुस २४ गते ओलीलाई प्रमुख वक्ता बनाइ धनगढीमा विशाल कार्यक्रम गर्ने निर्णय गरेको छ।