एजेन्सी। म्यान्चेस्टर युनाईटेडलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी म्याचमा सिटी २–० गोलले विजयी भयो।
खेलमा सिटीलाई विजयी गराउन जोन स्टोन्स र फर्नान्डीनोले एक एक गोल गरे। जितसँगै पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले जोजे मौरिन्होको टोटनह्यामसँग उपाधि भिडन्त तय गरेको छ।
लिग कप फुटबलको पहिलो सेमिफाइनल खेलमा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० गोलले पाखा लगाउँदै टोटनह्याम फाइनलमा पुगेको हो।
उपाधि भिडन्त आगामी अप्रिल २५ मा वेम्बले रंगशालामा हुनेछ।