काठमाडौं। शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि पूर्व शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ।
आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरिएको छ।
सरकारले लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा दिएको थियो।
उक्त समितिले दरखास्त र अवधारणापत्रको आधारमा पहिलो सूची तयार पारेको थियो। दोस्रो चरणमा तयार पारिएको सूची अनुसार नियुत्तीका लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने बताइएको छ।
पदाधिकारीको नियुक्ति ५ वर्षका लागि हुनेछ। अध्यक्षका लागि खगराज पौडेल, लक्ष्मीराम पौडेल र विनोद केसी आकांक्षी थिए।
सदस्यमा गीता शिवाकोटी खरेल, झमक प्रसाद शर्मा, पवित्रा सुवेदी र भक्तबहादुर ढकालले पनि आवेदन दिएका थिए।