सुदूरपश्चिममा नयाँ सरकार बनाउन ६ सांसद अपुग

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन ६ सांसद अपुग भएको छ।

बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजीनामा दिँदै केपी शर्मा ओली खेमामा प्रवेश गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टको पद धरापमा परेको हो।

मन्त्री बोहराले ओलीलाई साथ दिएपछि ओली खेमामा प्रवेश गर्नेको संख्या ७ पुगेको छ। बोहरालाई ओलीले केन्द्रीय सदस्य बनाएका छन्।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका थिए। त्यसपछि ओली खेमा भट्टप्रति आक्रामक बनेको हो।

ओली पक्ष जसरी पनि आफ्नो सरकार बनाउने पक्षमा छ। ओलीको खेमामा लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापा पनि छन्।

ओली पक्षलाई अब कांग्रेस र जनता समाजवादीको साथ चाहिएको छ। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १२ र जसपाका २ सांसद छन्।

अन्य सम्बन्धित समाचार:  कमल थापा भन्छन्- पूर्वराजा ज्ञानेन्द्रबारे प्रचण्डको टिप्पणी अमर्यादित