संसदमा आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको कालो धब्बा

एजेन्सी। संसदमा गरिएको आक्रमणलाई अमेरिकी प्रजातन्त्रमाथिको कालो धब्बाको संज्ञा दिइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हतियारसहित गरेको आक्रमणको विश्वभर निन्दा गरिएको छ। उक्त घट्नालाई कहिल्यै नमेटिने कालो धब्बा उल्लेख गरिएको छ।

निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर ट्रम्पले अमेरिकी प्रजातन्त्रको मन्दिर मानिएको संसद् भवन क्यापिट हिलमै आक्रमण गराएको उनीमाथि आरोप लागेको छ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुले उक्त घटना इतिहासमै लज्जाबोधका रुपमा रहने बताएका छन्।

बाइडनले सो आक्रमणलाई विद्राहको संज्ञा दिएका छन्। उनले तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गरेका छन्। ट्रम्पलाई राष्ट्रिय टेलिभिजनमा आएर उक्त घेरबन्दीलाई समाप्त पार्न आफ्ना समर्थकहरुलाई आह्वान गर्न बाइडनले आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  मलेशियाबाट नेपाल एयरलाइन्समार्फत १७ नेपालीको शव ल्याइँदै

कानून अवज्ञा गर्ने अतिवादी व्यक्ति भएको र यो देशद्रोह नै भएको बाइडनको ठहर छ।

उपराष्ट्रपति माइक पेन्सले उक्त हिंसा खप्न नसकिने भन्दै संलग्नलाई कडा कारवाही गर्न माग गर्नुभएको छ। सिनेटर चक शूमरले उक्त घट्नालाई अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने बताए।

निर्वाचित प्रतिनिधि आफ्नो ज्यान जोगाउनकै लागि भागाभाग गरिरहेको दृश्य संसारभरका लागि लज्जाको विषय भएको उनको भनाइ छ।