प्रधानमन्त्री ओली शुक्रबार धनगढी जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार धनगढी जाने भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न ओली धनगढी जाने भएका हुन्।

बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ। उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ।

शुक्रबारको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

त्यस्तै उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको समेत सल्लाहकार थापाले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीसँग अर्को संविधान छ : अधिवक्ता थापा

https://www.facebook.com/surya.thapa.754918/posts/3649460838479727