राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौं। संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन्।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ