घुस लिएको अभियोगमा थानकोटका प्रहरी निरीक्षक निलम्बित

काठमाडौं। महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ। १५ हजार घुस लिएको अभियोग लागेका इन्स्पेक्टर शर्मालाई नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो।

घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ। मुद्दा शाखामा कार्यरत निरीक्षक शर्माले सेवाग्रहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी आशोक सिंहले जानकारी दिए।

उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ।

अन्य सम्बन्धित समाचार:  बक्याैता रकम नपाएको भन्दै उखु किसानद्वारा आन्दाेलनको घोषणा