प्रधानमन्त्री ज्यु संविधान पढ्नुहोस्ः रमेशजंग रायमाझी

काठमाडौं। राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान पढ्न आग्रह गरेका छन्। बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान विपरित गएर संसद विघटन गरेका भन्दै संविधान पढ्न आग्रह गरेका हुन्

प्रधानमन्त्री हुन योग्यता चाहिने भन्दै रायमाझीले संविधानको नियम विपरित कामकारबाही गरेर मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको आरोप लगाएका छन्।

त्यस्तै प्रधानमन्त्रीले हरेक क्रियाकलापमा राष्ट्रपतिलाई समावेश गरेको भन्दै आपत्ती जनाएका छन्। उनले भने, “आज तानसाहीको भरमा हिँडदा राष्ट्रपति विवादित हुनुभयो प्रधानमन्त्री को हो यो मुलुकको ? प्रधानमन्त्री ओली हिटलर हो?”

नेकपाले भ्रष्ट्राचारी नेतालाई जोगाउन लाग्दा नेकपा दुर्घटनामा परेको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता