वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभयोः खिमलाल भट्टराई

काठमाडौं। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले संसदमा वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले काम गर्नै नसक्ने परिस्थिति बनेको र आफ्नो सरकारले काम नगर्ने ठान्दा ओलीले संसद् विघटन गरेको बताएका हुन्।

उनले प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश नभएको दाबी गरे। ‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन्।’

धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  तोकिएकै मितिमा निर्वाचन हुन्छः विष्णु पौडेल