ट्रम्प समर्थककाे हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेकाे हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको  छ।

ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ)भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो। वाशिङ्टनमा रहेको संसद भवनभित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर चलिरहेकाे बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम रहेकाे थियो।

सम्बन्धित समाचार

अमेरिकामा ट्रम्प समर्थकद्वारा संसद भवनमा आक्रमण, एक महिलाको मृत्यु

संसदमा आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको कालो धब्बा

ट्रम्पका समर्थकहरुले भवनभित्रै पसेर विराेध गर्न थालेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो। ट्रम्पका सयौं समर्थकहरुले चुनाव रद्द गर्न माग गरेका थिए। यसैबीच अमेरिकामा भइरहेकाे यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति देउवाले दिए बधाई

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनललगायतले यस घटनाकाे निन्दा गरेका बीबीसीले जनाएको छ।