वैशाखमा चुनाव एक हुन्न, दुई हुन्न, तीन हुन्नः रामनारायण बिडारी

काठमाडौं। राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले कुनै पनि हालतमा बैशाखमा चुनाव हुन नसक्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाएको भन्दै उनले लप्रधानमन्त्री ओलीले जनतादेशको कुरा गर्नु उचित नभएको बताएका हुन्। ‘वैशाखमा एक हुन्न, दुई हुन्न, तीन हुन्न,’ उनले भने, ‘चुनाव कदापि हुँदैन।’

ओलीले लहड र मुख्र्याइँका कारण प्रतिनिधि सभा विघटन भएको भन्दै बिडारीले संसदमा अविश्वासको प्रस्ताव ल्याउने अधिकार भएको बताएका छन्। ‘विवाद पार्टीमा भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रहार जनतालाई गर्ने? प्रहार संसदलाई गर्ने?’

बिडारीले बेलायत, क्यानडा, पोर्चुगल, फ्रान्स लगायतका देशको उदाहरण दिँदै संसद विघटन संविधान विरोधी भएको बताए।

अन्य सम्बन्धित समाचार:  नेकपाले घोषणा गर्यो आन्दोलन: २८ गते काठमाडौंमा विशाल प्रदर्शन