विप्लव समूहका तीन जना काठमाडौंबाट पक्राउ

८७

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेता पक्राउ परेका छन्। प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको संयुक्त टोलीले काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाहीलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीन जनाको साथबाट केही महत्वपूर्ण कागजपत्र पनि बरामद भएको भनिएको छ। काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध अहिले काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका तिनै जनाविरुद्ध चन्दा ऐन अन्तरगत म्याद थप गरिएको छ।

अन्य सम्बन्धित समाचार:  हत्याको आशंकामा जल्दै गरेको शव प्रहरीद्वारा बरामद