बैतडीको झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने

भावना पौडेल, डडेल्धुरा। कोरोना कहरसंगै गत चैतदेखि बन्द रहेको बैतडीसँग जोडिएको झुलाघाट नाका हप्ताको २ दिन अर्थात सोमबार र शुक्रबार खुल्ने भएको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सीमा नाकामा अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। कामको प्रकृतिसहित जिल्ला प्रशासनको सिफारिसमा आवतजावत गर्न दिने व्यवस्था मिलाइएको नेगीले बताए।

विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री शेरधन राई