२४ घण्टामा ४१२ संक्रमित थपिए: ४८३ डिस्चार्ज

डिस्चार्ज

काठमाडौं। नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

यस्तै ४८३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९०३ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द