प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न  श्री एअरलाइन्सको जहाजबाट केही समयअघि उनी धनगढी पुगेका हुन्।

बिहान ८ः१५ बजे धनगढी जाने कार्यक्रम भएपनि हुस्सु लागेकाले ११ बजेपछि मात्र प्रधानमन्त्री ओली धनगढी उडेका हुन्।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्‍चमा जनसभा हुँदैछ। कार्यक्रमलाई लक्षित गरी सशस्त्र र नेपाल प्रहरीका एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले विमानस्थलदेखि खुलामञ्चसम्म कडा सुरक्षा पारिएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका सबै विद्यालय खोल्न अनुमति