ट्रक दुर्घटना हुँदा इलाममा सहचालकको मृत्यु

पाँचथर। पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। शुक्रबार बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो।

ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

 

अन्य सम्बन्धित समाचार:  पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने